मनकुमारी घ्यू कुमारी किन प्रयाेग नगर्ने ?

आँखाको रोगमा घ्यू कुमारीको गुदीमा राम्रो बेसार फिटेर मनतातो पारी आखाँमा राती सुत्ने बेलामा बाँध्नाले आँखाको सम्पूर्ण रोग निको हुन्छ । कानको रोगमा घ्यू कुमारीको गुदी मनतातो पारेर २्३ थोपा दाहिने कान दुखोमा देब्रे कानमा र देब्रे कान दुखेमा दाहिन कानमा हाल्ने र दुबै दुखेमा दुबैमा हाल्नाले ठीक हुन्छ । मस्तिष्कको रोगमा नित्य १ चम्चा घ्यू कुमारी खाने र तालुमा लगाउने गरेमा टाउको पोल्ने, पित्त विकार आदि ठिक हुन्छ र मस्तिष्क ठण्डा हुन्छ ।

बजारमा आउदै छ ‘घ्यूकुमारी कण्डम’

अहिलेसम्म जडिबुटीबाट बनेका धेरै उत्पादनहरु बजारमा आएका छन् । हर्वलबाट बनेका थुप्रै सामाग्रीहरु बजारमा देखेका छौं, प्रयोगमा ल्याएका छौं । तर यहाँ यस्तो उत्पादनको चर्चा गर्न गईएको छ जुन आजसम्म सुन्नमा पनि आएको छैन । यो थाहा पाएर छक्क नपरिकन कोहि बस्न सक्तैन ।

एक कण्डम निर्माता कम्पनि ‘कान्वेक्स लेटेक्स प्राईभेट लिमिटेड’ले छिटैनै बजारमा एलोबेरा (घ्यूकुमारी) लुब्रिकेन्ट युक्त ‘हर्बल कन्डम’ बजारमा ल्याउँदै छ । यो घ्यूकुमारीबाट बनेको हर्वल कन्डम बजारमा बिक्रीमा आउदा साथै सेक्सकर्मीहरुलाई सेक्सका बेला प्रयोगमा ल्याईने अन्य सामाग्री मसलन चक्लेट, कफी, केरा र अन्य कण्डमका दिन हराउने छन् ।

स्मरणीय छ कि भारतमा कुनै कण्डममा पहिलो पटक घ्यूकुमारी एलोबेरा लुब्रिकेंटको प्रयोग गरिने छ । यस हर्वल कण्डममा एलोबेरा (घ्यूकुमारी)का सबै गुणहरु हुनेछन् । यस कण्डमको प्रयोगबाट यौनजन्य रोगहरु जस्तो ‘जेनिटल हर्पिस’बाट सुरक्षित गराउनेछ र एलोबेराको गुणका कारण यस हर्वल कण्डमले लिँगकाे निर्जीव त्वचालाई पुनर्जीवन दिन सक्षम भएको बताईएको छ ।

एक वर्ष सम्ममा बजारमा आउने यस हर्वल कण्डमको नाम ‘एन्ज्वायमेन्ट फ्रेन्डली’ दिईएको छ । यो एलोवेरा बाट बनेको लुब्रिकेंटयुक्त हर्वल कण्डम एकदमै प्राकृतिक हुनेछ र अन्य कण्डम भन्दा धेरैनै सुरक्षित मानिने विश्वास गरिएको छ ।

पुरानो ज्वरोमा घ्यू कुमारीको जरा १ चम्चा तातो पानीसँग खानाले जीर्ण ज्वरो पनि निको भएर आउँछ । यसो गर्दा वमन भएमा डराउनु पर्दैन पित्त निस्केर जान्छ । जण्डीस, कमलपित्त भएमा बिहान बेलुका १्१ चम्चा घ्यू कुमारी सेवन गर्ने गरेमा आँखा, शरीर पहेलो भएको हट्दै जान्छ र निको हुन्छ । खटिरामा घ्यू कुमारीको गुदी तताएर खटिरामा बाँधेमा घाउ छिट्टै पाक्छ र निको हुन्छ ।

वायु गोला गानो गएमाः १ चम्चा घ्यू कुमारीको गुदी, १ चम्चा राम्रो बेसार १ चिम्टी सिदेनून फिटेर तातो पानीसँग खाली पेट केही दिन खाएमा ठीक हुन्छ । चिनी रोग (डाइबेटिज) मा १ चम्चा घ्यू कुमारीको गुदीमा १ चम्चा गुर्जोको सत्व (चिनी) फिटेर खाने गरेमा रोग निको हुँदै जान्छ । यौवनवान बनिरहन २ चम्चा घ्यू कुमारीको गुदी बिहान्बेलुका खाने गर्नाले कुनै रोगले छुदैन, दाँत बलियो हुन्छ, स्वर सुरिलो हुन्छ, कपाल कालो हुन्छ, शरीरमा सँधै बल प्रदान गरिरहन्छ । कुनै पनि विषमा घ्यू कुमारीको रस वा गुदी नित्य सेवन गर्नाले सम्पूर्ण शरिरको विष नाश हुन्छ, बल तागत प्रदान गर्छ ।

यसलाई मालिसको रुपमा शरिरमा लगाउनाले पनि प्रशस्त फाईदा हुन्छन् । टाउको दुखेमा घ्यू कुमारीको लेदो मनतातो पारेर कञ्चटमा लगाउनाले वातज, पितज टाउको दुख्ने ठीक हुन्छ । पेटमा गाँठो देखिएमा घ्यू कुमारी तताएर पेटमा गाँठो भएको ठाँउमा बाँध्नाले गाँठो ठीक हुँदै जानेछ । बच्चालाई कब्जिएत भएमा घ्यू कुमारीको लेदो र साबुनको गाज फिटेर नाइटोमा वरिपरि लगाउनाले दिसा लागेको निको हुन्छ ।

वाथ भएमा घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एक एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । घ्यू कुमारीको गुदी नित्य बिहान बेलुका एक एक चम्चा खाने गरेमा वाथरोग ठीक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ । मर्केको, चोट लागेको र सुनिएकोमा घ्यू कुमारीको गुदीमा बेसार मिसाउने र तताएर बाँधिदिएमा छिटै दुख्न कम हुन्छ, चोट पनि ठिक हुन्छ ।

दाद आएमा घ्यू कुमारी, लसुनमा पिनेर लेप लगाउने गरेमा दाद आएको ठिक हुन्छ । यस्ताे मनकारी घ्यू कुमारी किन प्रयाेग नगर्ने ?

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *