राजपामा आवद्ध नेताले नै मनोनयन दर्ता गर्ने भएपछि

कपिलवस्तु, असार ४ – कपिलवस्तुमा राष्ट्रिय जनता पार्टिका नेताले पनि स्थानीय तहको चुनावका लागि मनोनयन दर्ता गर्ने भएका छन् । तत्कालीन तमलोपाका नेता रामदास गुप्ता तथा बासुदेव कसौधन लगायत राजपामा आवद्ध नेताले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गर्ने तयारी गरेका हुन् । राजपामा आवद्ध नेताले नै स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्ने भएपछि कपिलवस्तुमा राजपाले थालेको आन्दोलन मत्थर भएको छ ।

कपिलवस्तुका ६ नगरपालिका र ४ गाउँपालिकामा शान्तिपूर्वक मनोनयन दर्ता भैरहेको र उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरी उपरीक्षक भोजजंग शाहले जानकारी दिनुभयो ।

यसैबीच चुनाव विरोधी गतिविधि गर्ने राजपाका जिल्ला संयोजक कैलाश अग्रहरी, केन्द्रीय नेता रविदत्त मिश्र, कालीपद शर्मा, अमृता अग्रहरी, बलराम तिवारीलगायत २४ भन्दा बढी नेतालाई पक्राउ गरिएको छ । उनीहरुलाई गोरुसिंहे, पिपरा र बुटवलबाट पक्राउ गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =