गोरखाकी ममताले पोखरामा झुण्डिएर आत्महत्या

२०७४ जेठ १५ गते

“
पोखरा ९ पुस । पोखरामा एक युवतीले झुण्डिएर आत्म हत्या गरेकी छन् । गोरखा घर भई हाल पोखरा लेखनाथ महनगरपालिका वडा नम्वर ७ जरेवर स्थित गोबिन्द कुमार श्रेष्ठको घरमा भाडामा बस्दै आएकी वर्ष २२ की ममता गुरुङ झुण्डीएर आत्महत्या गरेकी छन।
घरको कोठाको छानो छाउन प्रयोगमा ल्याइएको फलामको बलोमा सलको पासो लगाई उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ । गुरुङका श्रीमान वर्ष १९ वर्षिय रबिन गुरुङले खवर गरेपछि प्रहरी पुगेको थियो ।
आत्महत्याको कारण बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित