युएईले कतार प्रति सहानुभूती देखाउनेलाई जेल सजाय र जरिवानाको घोषणा

युएई सरकारले कतार प्रति सहानुभूती देखाउनेलाई जेल सजाय र जरिवाना गर्ने घोषणा गरेको छ । युएईका परामर्शदाता डा. हमद सैफ अलले बुधबार वक्तव्य जारी गरी कतार प्रति सहानुभूती देखाउनेलाई १५ वर्षसम्म जेल सजाय र पाँच लाख दिर्हाम भन्दा धेरै जरिवाना हुने बताउनु भयो ।

युएईका नागरिकले कतारलाई सहयोग पुग्ने कुरा सामाजिक सञ्जाल, लेखन वा श्रव्य दृश्य कुनै पनि माध्यमबाट प्रस्तुत गरेमा जेल सजाय र जरिवाना हुने  गल्फ न्युजले उल्लेख गरेको छ ।

यस्तै, युएईको संघीय सार्वजनिक अभियोजनले पनि संघीय दण्ड कोड अनुसार कसैले पनि राष्ट्रिय एकतामा खलल पुग्ने कार्य गरेमा तीन देखि १५ वर्षको जेल सजाय र जरिवाना हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *