भ्रष्ट्रचारीलाई चुनावबाट सजाय दिन भगवती चौधरीको आग्रह


मङ्सिर ९, दुहवी । जनतालाई ३० वर्ष देखी लुटदै आएकाहरुले फेरी पनि लुटको राज कायम राख्न खोजेकाले यस पटक निर्वाचनबाट जनताले दण्डीत गर्ने एमालेकी नेतृ भगवती चौधरीले बताएकी छन् ।
मङ्सिर २१ गतेको चुनावमा मतदाताहरुले भ्रष्ट्र नेतालाई पराजित गरी सजायको फैसला सुनाउन आतुर रहेकाले त्यस दिन देखी लुटको सपना देख्नेको सपना अन्तय हुने चाैधरीले बताएकी हुन । सुनसरी ३ बाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रहेकी नेतृ भगवती चौधरीले यस क्षेत्रका जनतालाई सधैँ जालझेल गर्दै चुनाव जित्दै आएका काँग्रेसका नेता विजयकुमार गच्छदारलाई जनताले यस पटक चुनावमा भाेट नदिएर दण्डित गर्ने विश्वास व्यक्त गरिन । सामान्य परिवारका गच्छदारले ३० वर्ष देखी शासनको बागडोरमा बसेर अर्बौ रुपैयाँ भ्रष्ट्राचार गरेकाले अब बन्ने एमाले माओवादी नेतृत्वको वामगठबन्धनको सरकारले उनको सम्पत्ति छानबिन गरी भ्रष्ट्राचार प्रमाणित गरी जेल हाल्ने समेत मतदाता सामु खुलेरै भनिन ।
हाम्रो क्षेत्रमा हाल सम्म विकासका नाममा योजनाहरू सञ्चालन गरेर उनका आसपासेहरुले ब्रह्मलुट मच्चाउदै कागजमा मात्र काम गरेर जनतालाई लुटदै आएकाले यो चुनाव मार्फत जनताले सबै हिसाब खोज्ने उनले बताइन । युवा, महिला, विधार्थी, किसान, मजदुर,उधोगी, व्यवसायी, दलित आदिवासी जनजाति , मुस्लिम मधेसी लगायतका सबै क्षेत्रका मतदाताहरुले यो चुनावलाई भ्रष्ट्राचारी विरुद्धको अन्तिम लडाइका रूपमा लिएर मतपत्र मार्फत कारबाही गरी चुनावमा परास्त गरी छाड्ने कसम खाएकाले उनको जालझेल षडयन्त्र खत्तम पार्ने उम्मेदवार भगवती चौधरीले विश्वास व्यक्त गरिन ।
शनिवार विभिन्न स्थानमा आयाेजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उम्मेदवार चौधरीले अझै पनि रक्सी मासु खुवाएर, पैसा बाडेर, झुठ्ठा आश्वासनहरु दिएर यस क्षेत्रका सोझा सिदा जनतालाई झुक्याएर मत पाउने कोसिस गरेका नेता गच्छदारलाई चुनावमा जनताले हराएर उनलाई आफ्नो सबै हिसाब किताब लिने बताए । अब जनता जागरुक भई सकेकाले उनको झुठ्ठा आश्वासनलाई नपत्याउने बताउँदै उनले अब सत्य माथि असत्यले जित हासिल गर्न नसक्ने चाैधरीले बताइन ।
जनतालाई भोट किनेर चुनावमा जित्ने सपना देखेका उम्मेदवारहरुको पैसा यस पटक नबिक्ने भएकाले उनीहरू चुनावमा हार हुने डरले त्रसित भएर पागल मनस्थितीमा पुगेकाे हुदाँ मतदाताहरुले आफ्नो मतको सुरक्षा गर्दै जनताको उम्मेदवारलाई जिताएरै छाडने दाबी नेतृ चौधरीले गरिन ।
