होमस्टेको आकर्षण घलेगाँउ

लमजुग । लमजुगंको बेंसीसहरबाट करिब दुई घण्टाको बस यात्रामा पुग्न सकिने लमजुगंकै घलेगाँउ हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । नमुमा होमस्टेहरु सञ्चालन भएपछि पर्यटक आगमनमा निकै वृद्धि भएको हो ।

प्राकृतिक सुन्दरताले भरिपूर्ण घलेगाँउबाट छ सात वटा हिमालको दृश्यावलोकन गर्न सकिन्छ । प्रकृतिको अनुपम आनन्दसँगै होमस्टेको अभुतपुर्व सुविधा एकै ठाउँमा पाइने भएकाले पर्यटक आगमन बढेको ग्रामीण पर्यटन व्यवस्थापन समिति घलेगाँउका कार्यलय सचिव विनोद घलेले बताउनुभयो ।

Displaying ghale gaun3.jpg

“यहाँ हामी अन्यन्त्र जस्तो प्राकृतिक सुन्दरतालाई मात्र होइन सांस्कृतिक सुन्दरतालाई पनि ख्यालमा राखेर पर्यटन व्यवसाय सञ्चालन गरेका छौँ । गुरुंग संस्कृति, हस्तकला एवम् मन्दिर र गुम्बाहरुले हाम्रो ठाँउको पहिचान कायम गरेको छ । यसै कारण पनि पर्यटक आगमन निकै बढेको हो”, उहाँले भन्नुभयो ।

एक घर दुई पाहुना भन्ने नाराका साथ २०५७ साल चैत्र २० गते देखी सञ्चालन गरिएको सामूहिक होमस्टे हाल स्थानीयको आयआर्जनको मुख्य श्रोत हुँदै गएको छ । १२ वटाबाट सुरु गरिएको होमस्टे अहिले ३४ वटा दर्ता भएका छन् भने २८ वटाले निरन्तर सेवा दिइरहेका छन् ।

करिब १२० जना क्षमताको होमस्टेमा धेरैजसो समय पाहुनाको आगमनले भरिभराउ देखिन्छ । कहिलेकाँही अत्याधिक पाहुना आउनाले वास मिलाउन हम्मेहम्मे पर्ने सचिव घलेले बताउनुभयो ।”पाहुना बढी भएको समयमा हामी एउटै कोठामा ४ जना ५ जना समेत राखेर सक्दो सबैलाई सेवा दिने कोसिस गर्छौँ”, उहाँले भन्नुभयो ।

काठमाण्डौं देखी गएका एक टोलीका सदस्य विज्ञान अर्याल आफू घलेगाँउको सुन्दरता र आतिथ्यताले लोभिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “काठमाण्डौंको धुँवा धुलो खाँदा खाँदा हाम्रो त दिमाग नै दुषित भैसकेको थियो, बल्ल सास आएको छ शरीरमा” ।

 घलेगाउँमा हाल स्थानीयको सामूहिक सहयोगबाट लोकल चिया उत्पादन कार्य समेत भइरहेको छ । बिस्तारै यसलाई व्यवसायिकता दिने भन्नेबारे स्थानीय राजनीतिज्ञ, आमा समूह एवम् बुद्धिजीवी समूहले गृहकार्य गरिरहेको छ ।

Displaying ghale gaun 4.JPG

पर्यटन उकास्न महोत्सव
स्थानीयको पहलमा हरेक वर्ष वैशाख २२ देखी २५ सम्म घलेगाँउ महोत्सव हुने गरेको छ । घलेगाँउको पर्यटनलाई टेवा दिने उद्देश्यले सञ्चालन गरिने महोत्सव नै प्रचारप्रसारको निम्ति उत्त्कृष्ट माध्यम रहेको छ । महोत्सवकै कारण त्यस वरिपरिका क्षेत्रको अन्य आर्थिक क्रियाकलापमा समेत बढोत्तरी आउने गरेको छ ।

परिवर्तन हुँदै पुर्खैाली पेसा
पशुपालन, कृषि र लाहुरे नै पहिला पहिला गुरुगंहरुको पेसाको रूपमा मानिन्थ्यो । तर होमस्टे सञ्चालनमा आएदेखी यहाँका करिब २० प्रतिशत जनताको पेसा सँगसँगै आर्थिक स्थितिमा पनि परिवर्तन आएको छ । अझै पनि लगभग ८० प्रतिशत जनता कुनै न कुनै रूपले लाहुरबाट आएको पेन्सनबाटै गुजारा चलाइरहेका छन् भने निकै कम जनता कृषि एवम् पशुपालनमा आबद्ध छन् ।

समस्या सडकको
बेसींसहर देखी नै कच्ची रहेको सडक घलेगाँउसम्मै आइपुग्दा ग्राभेल समेत पनि गरिएको छैन । २०७३/०७४ मा विनियोजन भएको २१ करोड रुपैयाँ वहुवर्षिय योजना अन्तरगत खर्च गर्ने भनेता पनि हालसम्म त्यसको प्रभावकारिता कतै देखिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =