राष्ट्रपतिविरुद्ध नेविसंघको प्रदर्शन

पुस ९, काठमाडौं । नेपाली काँग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति विद्या भण्डारीलाई दवाव दिएको छ । नेविसंघले आईतबार काठमाडौंमा सडक प्रर्दशनी गरी राष्ट्रिय सभाको निर्वाचनसम्बन्धि अध्यादेश तत्काल प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीलाई दवाव दिन सुरु गरेको हो ।

सरकारले पठाएको अध्यादेश तत्काल प्रमाणीकरण गरेर नयाँ सरकार गठनका लागि निकास दिन राष्ट्रपतिलाई दवाव दिनु परेको नेविसंघका नेता कुन्दनराज काफ्लेले बताए । नेपाल विद्यार्थी संघले सरकारले पठाएको अध्यादेश राष्ट्रपतिले रोकेर राख्न नमिल्ने दावी समेत गर्दै आएको छ ।

काठमाडौंको प्रर्दशनीमार्गमा गरिएको सडक प्रर्दशनमा नेवि संघका नेता, कार्यकर्ताहरुले राष्ट्रपति भण्डारीले सरकारले पठाएको अध्यादेश रोकेर संवैधानिक प्रक्रियालाई अवरुद्ध पार्न खोजेको आरोपसहितको चर्का नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *