विद्यार्थीहरु द्वारा पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु, १० बुँदे मागपत्र तयार

पुस ९,काठमाडौँ । नेपाली काँग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टाराईको ९४ औँ जन्म जयन्तीको अवसर पारेर युवा विद्यार्थीले पार्टी र भातृ संगठनभित्र सुधारको अभियान शुरु गरेका छन् ।

नेपाल विद्यार्थी संघका बहुमत केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको आज बाल्मीकि विद्यापीठमा भएको भेलाले पार्टी र संघभित्र सुधारका लागि १० बुँदे मागपत्र तयार पारेको छ।

आइतबार पार्टी सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्त मागपत्र बुझाइने संघकी उपाध्यक्ष उर्मिला थपलियाले जानकारी दिइन,सङ्गै उनले रुपान्तरित काँग्रेसका लागि सदृढ नेवि संघ अभियानअन्तर्गत आज भेला गरिएको उनले बताइन ।

कार्यक्रममा ने बि संघ नेताहरू निलकन्ठ रिजाल , दिपक भट्टराई , हिमाल दत्त श्रेष्ठ , पुर्व केन्द्रिय समितिका केन्द्रिय सद्स्यहरु ,मनोज बैध का साथै केन्द्रीय समितिका सद्स्य,जिल्ला सभापति ,स्वोबियु सभापति ,ईकाई अध्यक्ष तथा उपत्यकाका बिभिन्न क्याम्पसका बिद्यार्थीको उपस्थिति थियो ।


उत्त कार्यक्रममा बोल्ने बत्ताहरुले“स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसको हार पार्टी र भ्रातृ संस्था सबैको अकर्मण्यताका कारण भएको हो, अब सुधारको शुरुवात हुनुपर्छ, सुधार अभियान नेवि संघबाट गर्न हामी लागेका बताए ।

एक हप्ताभित्र अधिकांश नेता कार्यकर्ताको भावनाबमोजिम संगठनमा सुधार नगरिए समानान्तर समिति गठन गर्नसमेत बाध्य हुनुपर्ने मनोजमणि आचर्य, दिपक भट्टराई ,हिमाल दत्त र सागर परियारले उधघोष गरेका थिए ।

निर्वाचनका बेला नेवि संघ अध्यक्ष नैनसिंह महर प्रचारप्रसार छोडेर विधान विपरीत आमन्त्रित केन्द्रीय सदस्य र महामन्त्रीको चिट्ठी बाँडेर बसेको नेताहरुको गुनासो थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − one =