यस्तो बन्यो ‘लालपुर्जा’ को ट्रेलर (ट्रेलरसहित)

काठमाडौं, पुस ९ । चलचित्र ‘लालपुर्जा’ को ट्रेलर सार्वजनिक गरिएको छ । निगम श्रेष्ठ निर्देशित चलचित्र माघ ४ गते प्रदर्शन हुँदैछ । पत्रकार सम्मेलनगरि सार्वजनिक गरिएको ट्रेलर संवादसहितको र संवादरहित ट्रेलर देखाइएको थियो ।

सौगात मल्ल, बिपिन कार्की, मिरुना मगर, मेनुका प्रधान, कामेश्वर चौरासिया, हरिहर शर्मा, कुमार नगरकोटी लगायत फिचर छन् । निर्देशक श्रेष्ठले जग्गालाई लिएर हुने दाजुभाइको झगडा चलचित्रले चित्रण गर्ने बताए ।

अतिथि लेखक समेत रहेका उपन्यासकार कुमार नगरकोटी यसमा केमियो भूमिकामा छन् । उक्त अवसरमा निर्माण कम्पनी नेगेटिभ बुद्धले निर्माण गर्न लागेको नयाँ फिल्म ‘ज्ञ’लाई नगरकोटीले निर्देशन गर्ने जानकारी दिइयो ।

‘कथा, निर्देशन र संवाद मैले उक्त फिल्ममा गर्दैछु’ नगरकोटीले भने, ‘लालपुर्जा मेरा लागि मात्र फिल्म नभएर उत्सव समेत हो ।’ निर्माता विक्रमसिंह थारुले माघ ४ गते कलाकारिताको महाकुम्भ भएको बताए ।

अभिनेता हरिहर शर्माले अहिलेसम्म आफूले गरेको भूमिकाभन्दा लालपुर्जा चरित्र चित्रणमा भिन्न रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *