इङ्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

काठमाडौं, पुस ९ । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीले बर्नमाउथलाई ४–० ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीलाई विजयी गराउन सर्जीयो अगुएरोले दुई तथा राहिम स्टर्लीङ र ड्यानिलोले एक–एक गोल गरे ।

प्रिमियर लिग फुटबलमा गएराति चेल्सीलाई एभर्टनले गोलरहित बराबरीमा रोक्दा लेष्टर सिटीले म्यान्चेस्टर युनाईटेडलाई २–२ गोलको बराबरीमा रोकेको छ । प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले बर्नलेलाई ३–० ले हराउँदा न्यूकासल युनाईटेडले वेष्ट ह्याम युनाईटेडलाई ३–२ ले पराजित ग¥यो ।

यसैगरी ब्राईटनले वाट्फोर्डलाई १–० ले तथा स्टोक सिटीले वेष्ट ब्रोमलाई ३–१ पराजित गरे । साउथह्याम्पटन र हडर्स्फिल्ड टाउनले १–१ गोलको बराबरी खेले । गएरातिका खेलपछि इङ्लिस प्रिमियर लिगको अंक तालिकामा १९ खेलबाट ५५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा यथावत् छ । समान खेलबाट ४२ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने तेस्रो स्थानको चेल्सीको ३९ अंक छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *