अध्यादेशका बारेमा राष्ट्रपतिले फोरम र राजपासँग परामर्श गर्दै

काठमाडौं, पुस ९ । राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश प्रमाणिकरणको विवाद बढिरहेका बेला राष्ट्रपतिले राजनीतिक परामर्श जारी राख्नुभएको छ । उहाँले आज संघीय समाजवादी फोरम नेपाल र राजपाका शीष नेताहरुसँग परामर्श गर्नुहुने भएको छ ।

परामर्शका लागि फोरम अध्यक्ष उपेन्द्र यादवलाई बिहान १० बजे राष्ट्रपति कार्यालय शितल निवासमा बोलाइएको छ । फोरमसँग परामर्श गरिसकेपछि राजपा नेताहरुसँग परामर्श गर्ने राष्ट्रपतिको तयारी छ ।

राष्ट्रपति भण्डारीले यसअघि कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुसँग परामर्श गर्नुभएको थियो । उहाँले अध्यादेशमा राजनीतिक सहमति जुटाउन आह्वान गर्दै आउनुभएको छ । तर प्रमुख दलहरु आ–आफ्नै अडानमा रहेको भन्दै राष्ट्रपतिले अध्यादेश प्रमाणिकरण गर्नुभएको छैन् ।

सरकारले दुई महिना अघि राष्ट्रपति कार्यालयमा पठाएको अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गरिएको छ । एमालेले त्यसको विरोध गर्दै बहुमतीय प्रणाली हुनुपर्ने अडान लिइरहेको छ ।

नेपाली कांग्रेसले भने सरकारले पेश गरेको अध्यादेश राष्ट्रपतिले जस्ताको तस्तै पास गर्नुपर्ने र अड्काएर राख्न नहुने बताउँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *