सेती अञ्चल अस्पताल ३ सय ५० शय्याको बनाउने देउवाको प्रतिवद्धता

मंसिर १०, धनगढी । नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले सेती अञ्चल अस्पताललाई ३ सय ५० शय्याको बनाईने बताएकी छिन् । नेपाल मेडिकल एसोसिएसनले शनिबार धनगढीमा आयोजना गरेको अन्तरक्रियामा डा.देउवाले सरकारले सेती अञ्चल अस्पताललाई ३ सय ५० शय्याको बनाउने निर्णय गरेको भन्दै केही दिनभित्रै बजेट विनियोजन प्रक्रिया अगाडी बढाइने बताइन् ।

हाल १ सय ५० शय्या रहेको उक्त अञ्चल अस्पतालको स्तरोन्नति गरी ३ सय ५० शय्याको बनाउने मन्त्रीपरिषदको हालै बसेको बैठकबाट सरकारले निर्णय गरेको उनले जानकारी दिइन् । कैलालीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा। देउवाले एक साताअघि अस्पतालको निरीक्षणका क्रममा स्तरोन्नतिका लागि विशेष पहल गर्ने बताएकी थिइन् ।

अस्पतालको स्तरोन्नतिपछि अत्याधनिक उपचार सेवा, आईसीयू कक्षलाई थप व्यवस्थित गरिने र आधुनिक र सुविधासम्पन्न प्रसुति गृह निर्माण हुने उनले बताइन् । प्रदेश ७ का सबै सरकारी अस्पताल र स्वास्थ्य संस्थालाई नमुना बनाउनुपर्ने आवश्यक्ता पनि उनले औँल्याइन् ।

त्यस्तै उनले अहिलेसम्म सबै उम्मेदवारहरुले गरेका वाचा आफुले पुरा गरेर देखाउने दावी समेत गरिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *