आर्थिक समृद्धिमा कुन प्रदेश अगाडि ?
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
काठमाडौं, पुस ९ । १३ वटा जिल्ला समावेश भएको प्रदेश नम्बर ३ को राजधानी कहाँ रहने भन्ने बारेमा निर्णय नभए पनि यही प्रदेशमा केन्द्रीय राजधानी रहने भएको छ ।
सबैभन्दा बढी ५५ लाख ३० हजार जनसंख्या रहेको यो प्रदेशमा कृषि, उद्योग, कलकारखाना, जलविद्युत उत्पादन, पर्यटन विकास तथा जडीबुटीलगायतका अथाह सम्भावनासमेत रहेको छ ।
काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकहवानपुर, धादिङ, नुवाकोट, रसुवा, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्ला रहेको प्रदेश नम्बर ३ मा पर्साको ठोरी गाउँपालिका पनि समायोजन गर्ने निर्णय भएको छ ।
यो प्रदेशमा जलविद्युत जलाशययुक्त आयोजनाबाट ६ हजार ५ सय २८ मेगावाट विद्युत उत्पादन हुने बताइएको छ । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा खबर छ ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित