एल क्लासिकोमा बार्सिलोनाको शानदार जीत

म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत आज भएको एल क्लासिकोमा बार्सिलोनाले ३–० ले विजयी भएको छ । पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा बार्साले रियल माथि तीन गोल बर्सायो । बार्साका लागि ५४ औँ मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

स्वारेजले रियलको बक्सको बाँया बार प्रहार गर्दै उत्कृष्ठ गोल गरे । दोस्रो गोल लियोनल मेस्सीले पेनाल्टी मार्फत ६४ मिनेटमा गरे । रियलका कार्भाजलले डी बक्समा बार्सिलोनाको प्रहार हातले रोकेपछि उनले सोझै रातो कार्ड पाए । त्यसपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्साको अग्रता दोब्बर पारेका थिए ।

खेलको इन्जुरी टाइममा बार्साका अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ०–३ को जित हात पार्न सफल भएको हो । यो जित सँगै लालिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग रियलको दुरी १४ अङ्क भएको छ ।

रियल मर्डिडको घरेलु मैदान सान्टिएगो बेर्नाबाउमा भएको खेलमा रियल मर्डिडले आक्रमक सुरुवात गरे पनि बार्साका सामु रियलका क्रिष्टियानो रोनाल्डो, मार्सेलो, ग्यारेथवेल, बेन्जीमा जस्ता स्टार खेलाडी चल्न सकेनन् ।

बार्साका मेस्सीसँगै लुर्इस स्वारेज, राकिटिक, पाउलिन्हाे, अलेर्इक्स भिडाल, इनिएष्टा लगायतल उत्कृष्ट प्रर्दशन गरेका थिए ।

शीर्ष स्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४५ अंक भएको छ। चौथो स्थानको रियलको १७ खेलबाट ३१ अंक मात्र छ। यस्तै ३६ अंकसहित एथ्लेटिको मड्रिड दोस्रो स्थानमा छ। एक खेल कम खेलेको भ्यालेन्सिया ३४ अंकसहित तेस्रो स्थानमा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *