रवाफिलो पाराले ओलीले प्रश्न गरे : ‘मैले दम्भ देखाएको खोई ?’

पुस ८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कुनै दम्भ नदेखाएको बताएका छन् । । आफू गाई भैँसी चराएर हुर्किएको व्यक्ति भएकाले कहिले पनि दम्भ नदेखाउने उनको भनाइ छ ।

नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मदिनको अवसर पारेर बाडेगाउँमा गरिएको कार्यक्रममा अध्यक्ष ओलीले सत्तापक्ष र प्रतिपक्षसँग आपसमा दम्भ देखाउनु आवश्यक नरहेको स्पष्ट पारे । ओलीले चुनावका बेलामा दलहरुबीच मनमुटाव रहनु स्वभाविक रहेको भन्दै विकासका लागि सबै दल एक हुनुपर्नेमा जोड दिए ।

किसुनजीसँग आफ्नो कुनै पनि हिसावमा तुलना हुनै नसक्ने धारणा राख्दै ओलीले राणा शासनबाट नयाँ युगमा प्रवेश गराउने उहाँहरु भएको बताए ।

वाम गठबन्धनले बहुमत ल्याएपछि प्रधानमन्त्री बन्ने प्रतिक्षमा रहेका केपी ओलीमा दम्भ पलाएको भन्दै चौतर्फि आलोचना हुन थालेको छ । ओलीले आफुमा दम्भ नरहेको जिकिर गरेपनि उनका बोली र हाउभाउमा निकै रवाफ बढेको आलोचकहरु बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *