क्रिसमसको अवसरमा मुनलाइटले गर्याे सांस्कृतिक कार्यक्रम

पुस ८, भरतपुर । नारायणगढको बाह्रघरेमा रहेको मुनलाइट इङ्लिश बोर्डिङ स्कुलले क्रिसमसको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । मुनलाइटले हरेक चाडपर्वको अवसरमा विद्यार्थीको प्रतिभा प्रष्फुटन गर्न विभिन्न खालका कार्यक्रमहरु गर्दै आएको छ ।

क्रिसमसको अवसरमा मुनलाइट बोर्डिङ स्कुलको प्राङ्गगणमा भएको सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक प्रस्तुत गर्नुका साथै आफ्नै रचनामा कविता वाचन गरेका थिए । ‘के दसैँ, के तिहार, के तीज, के क्रिसमस जुनसुकै चाडबाडमा हामीले विद्यार्थीहरुको प्रतिभा देखाउँछौँ’ विद्यालयका प्रिन्सिपल विकास श्रेष्ठले भने, ‘सञ्चालन भएको पहिलो वर्षमा मुनलाइट स्कुलले सफलता चुम्दै विद्यार्थीहरुको विविध कार्यक्रम गर्दै आएको छ ।

विद्यार्थीहरुको प्रतिभा अभिभावकहरुले अवलोकन गरेका थिए । स्कुलको मन्टेश्वरी समूहले क्रिसमस कार्यक्रम सम्पन्न गरेको स्कुलका व्यवस्थापक शम्भुनाथ श्रेष्ठले जानकारी दिए । कार्यक्रमको संयोजक विसु डोटेलले गरेकी थिइन् । विद्यार्थीहरुले आफूले जानेको कला प्रस्तुत गरेका थिए । कार्यक्रममा चकलेट वितरण गरिएको थियो ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *