दिल्ली पब्लिकको वार्षिक उत्सवमा खेलकुद कार्यक्रम सम्पन्न

पुस ८, धरान । दिल्ली पब्लिक स्कुल धरानले आफनो वार्षिक उत्सब बिभिन्न खेलकुद कार्यक्रम गर्दै सम्पन्न गरेको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हातामा स्थित स्कुलले वार्षिक खेलकुद अन्तर्गत ४५ प्रकारका खेलहरु खेलाएको छ । कक्षा ३ देखि कक्षा १२ सम्मका विद्यार्थीहरुलाई छुट्टाछुट्टै प्रतियोगिता गराइएको नेपाली विभागका शिक्षक हेमचन्द्र वस्तीले जानकारी दिए ।

कक्षा ३ देखि ५, कक्षा ६ देखि ८ र ९ देखि १२ सम्मका विद्यार्थीहरुलाई सटपुट, डिस्कस थ्रो, ज्यावलिङ, थ्रोइङ, लङजम्प, सर्टजम्प, रिले दौड, एक सय मिटरदेखि ८ सय मिटरसम्मको दौडलगायतका प्रतियोगिता गरिएको हो ।

छात्र र छात्राबीच अलग अलग प्रतियोगिता गराइएको शिक्षक वस्तीले बताए । बुधबारदेखि जारी खेलकुद कार्यक्रमको समापनका अवसरमा विजेता तथा उपविजेता विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

खेलकुदमा विभिन्न उमेर समूह छुट्टयाउँदै प्रतियोगिता गराइएको थियो । समापनको अवसरमा विभिन्न जातीय, साँस्कृतिक नृत्यहरुसमेत गराइएको थियो । दक्षिण भारतमा प्रख्यात नाँच कत्थकदेखि नेपाली साँस्कृतिक नृत्य, तामाङ सेलो, नेवारी, लिम्बू, राईजातिका नाँचहरुसमेत देखाइएको थियो ।

कार्यक्रममा विजेता, उपविजेता बनेका विद्यार्थीहरुलाई बीपी प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष, प्रा.डा. गुरु खनाल, अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साह, स्कुलका प्रिन्सिपल पिके शंकरा लिङ्गम लगायतले पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *