कालिकोट घटनाको छानबिन गर्न माग

पुस ८, काठमाडौं । विनाविभागीय मन्त्री महेन्द्रबहादुर शाहीले कालिकोटमा शुक्रबार भएको घटनाको छानबिन गर्न माग गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका हुन् । साथै उनले मृतकको परिवारलाई राहत तथा घाइतेहरुको उपचारको व्यवस्था गर्नसमेत सरकारसमक्ष माग गरेका छन् ।

‘यही पुस ७ गतेका दिन कालिकोट जिल्ला सदरमुकाममा म्यादी प्रहरी विवेक ऐडीको दुःखद् मृत्यु र आधा दर्जन जति घाइते भएको घटनाप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शाहीद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘ यसको कारण पत्ता लगाइ दोषीमाथि कारबाही गर्न माग गर्दछु ।’

आफ्नो तलब कटाइएको भन्दै कालिकोटका म्यादी प्रहरी आन्दोलनमा उत्रिएपछि शुक्रबार त्यहाँ तनाव भएको थियो । तनाव नियन्त्रणमा लिन प्रहरीले गोली चलाएपछि शान्नी त्रिवेणी गाउँपालिका-५ तिकुवाका १९ वर्षीय म्यादी प्रहरी विवेक ऐडीको ज्यान गएको थियो भने आधा दर्जन घाइते भएका छन् । यद्यपि, प्रहरीले गोली नचलाएको दाबी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *