गएराती भएको आगलागीबाट सुर्खेतमा ४ करोड बराबरको क्षति

२०७४ जेठ १५ गते

“
सुर्खेत, पुस ८ । सुर्खेतको बसपार्कको पश्चिमतर्फ सम्राट गेष्ट हाउस नजिकै रहेका पसलमा गएराती आगलागी हुँदा ४ करोड ३३ लाखको क्षति भएको छ । आगलागीबाट ६ वटा फेन्सी पसल र २ वटा सब्जी मन्डी ध्वस्त भएक छन् ।
विधुतको तार शट भएर आगलागी भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । गएराती पौने १० बजेदेखी शुरु भएको आगो बिहान साढे सात बजेसम्म पनि पुर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणमा लिने प्रयास भैइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी गणेश चन्दले जानकारी दिनुभयो ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित