जोगबनीमा रेलको लिगमा काटिएर तीन नेपालीको मृत्यु

मोरङ । विराटनगरको सीमावर्ती बजार जोगबनीमा रेलको लिगमा काटिएर तीन जना नेपालीको मृत्यु भएको छ । मंगलबार राति करिब ८ बजे जोगबनीबाट कटिहार जादै गरेको ५५७४२ नम्बरको रेलले जोगवनीको इमली चोकमा ठक्कर दिएको प्रहरीले जनाएको छ ।

को १७ प ३६९३ नम्बरको मोटरसाइकलबाट रेलवे क्रसिंग पार गर्न खोज्दा तीनै जनाको रेलले ठक्कर दिदा मृत्यु भएको सीमा प्रहरी चौकी रानीले जनाएको छ ।

मृत्यु हुनेहरुमा मोरङ कदमाहा वडा नं. ८ का रमेश शर्मा, धनुषा सिंगयाही मडानका विनोद यादव र सनाखत हुन नसकेको एक जना गरी तीन जना रहेको सीमा प्रहरी चौकी रानीका सई फिरोज चौधरीले जानकारी दिनुभयो । उनीहरुको शव नेपाल ल्याउने प्रक्रिया थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =