वैद्यनाथ कंका ७ प्रकारका औषधि बिक्री गर्न रोक

पुस ७,काठमाडौँ । औषधि व्यवस्था विभागले भारतको श्रीवैद्यनाथ आयुर्वेद भवन प्रा.लिले उत्पादन गर्ने सात प्रकारका चूर्ण नेपाली बजारमा बिक्रीवितरण गर्न रोक लगाएको छ ।

विभागको अनुगमन टोलीले आफूले संकलन गरेका औषधिको नमूना परीक्षण गर्दा न्यून गुणस्तरको पाइएपछि ती औषधिको बिक्रीवितरण रोकी बजारबाट तुरुन्त निर्देशन दिएको हो । विभागका आयुर्वेद शाखा प्रमुख डा. प्रकाश ज्ञवालीले ती औषधि हटाउनका लागि औषधिका आयातकर्ता र तिनका आधिकारिक प्रतिनिधिका नाममा सूचना निकाली जानकारी गराइएको बताउनुभयो ।

विभागले यही मंसिर ५ गते प्रालिका औषधि ऐन २०३५ को दफा १४ बमोजिम सूचना जारी गरेको हो । प्रालिका उत्पादन व्रजाक्षर चूर्ण ३० ग्राम, सारस्वत चूर्ण, अभिपत्तिकर चूर्ण, लवण भाष्कर चूर्ण ६० ग्राम, सितोपलादी चूर्ण ६० ग्राम, पञ्चष्कर चूर्ण ६० ग्राम र पुश्यानुग चूर्ण केशर युक्त न्यून गुणस्तरका पाइएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *