कालिकोटमा प्रहरीले गोली चलाउँदा म्यादि प्रहरीको मृत्यु

कालिकोट, पुष ७ । शुक्रवार कालिकोटमा प्रहरी र म्यादि प्रहरीबीच झडप हुँदा १ जना म्यादि प्रहरीको मृत्यु भएको छ । २ जना घाइते भएका छन् ।

 

म्यादी

प्रहरीले पाउने तलब सुविधामा ३ हजार कटौति गरेको भन्दै म्यादि प्रहरी आन्दोलनमा उत्रिएपछि दुवै पक्ष बिच झडप हुँदा एक जनाको मृत्यु भएको हो ।

स्थिति तनावग्रस्त भएपछि नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर सान्नीत्रिवेणी गाउँपालिकाका म्यादी प्रहरी विवेक ऐरीकोे मृत्यु भएको छ । उनको टाउकोमा गोली लागेको थियो । तर यसको पुष्टि हुन भने बाँकी छ ।

घाइते मध्ये १ को अवस्था गम्भीर रहेको छ भने १ जनको अवस्था सामान्य रहेको छ । उनीहरूको जिल्ला अस्पताल मान्म कालिकोटमा उपचार भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *