कलियुगको ‘कृष्ण’ भन्दै १६ हजार पत्नी बनाउने उद्देश्य, दैनिक १० किशोरीको बलात्कार !
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
नयाँ दिल्ली, पुस ७ । भारतको राजधानी नयाँ दिल्लीमा बलात्कारको आरोपमा एक कथित बाबालाई पक्राउ गरिएको छ । रोहिणीको विजय विहार क्षेत्रमा आध्यात्मिक विश्वविद्यालयको नाममा आश्रम चलाउँदै आएका वीरेन्द्र देव दीक्षितलाई पक्राउ गरिएको हो । उनले आफूलाई कलियुगको ‘कृष्ण’ बताउँदै आएका थिए । बुधबार आध्यात्मिक विश्वविद्यालयमा छापा मारेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
उच्च न्यायालयमा दीक्षितविरुद्ध मुद्दा दायर गरेकी सीमा शर्माका अनुसार ती कथित बाबाले लागू औषध प्रयोग गरेर दैनिक १० किशोरीलाई बलात्कार गर्दै आएका थिए । किशोरीलाई नग्न बनाएर उनीहरुबाट आफ्नो शरीर मालिस गराउने गरेको पनि सीमाले खुलासा गरेकी छन् ।
उनले १६ हजार महिलालाई पत्नी बनाउने लक्ष्यसहित शारीरिक सम्बन्ध बनाउँदै आएको पनि बताइएको छ । अदालतमा मुद्दा दायर गरेकी राजस्थानकी महिलाका अनुसार उनी ती बाबाको आश्रममा अनुयायी बनेर बसेकी थिइन् । आफ्ना चार छोरीलाई पनि उनले बाबाको भक्तिमा आश्रममै छोडेकी थिइन्, तीमध्ये एक नाबालिग रहेको बताइन्छ । छोरीले आफू बाबाबाट बलात्कृत भएको बताएपछि उनले मुद्दा दायर गरेकी हुन् ।
पीडित महिलाले आश्रममा आउने महिलालाई ‘गोपीनी’ बनाउन भन्दै बाबाले शारीरिक शोषण गर्ने गरेको बताएका छन् । प्रहरीले छापा मार्ने क्रममा आश्रमबाट कयौं किशोरी तथा महिलाको उद्धार गरेको छ । आश्रमबाट बाबाकै केही अश्लिल भिडियो र आपत्तिजनक सामानसमेत बरामद भएको प्रहरी अधिकारीले जनाएका छन् ।
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)