सातपटक प्रधानमन्त्री बन्ने योग छ, चुनाव पछि पनि मै प्रधानमन्त्री : देउवा

२०७४ जेठ १५ गते

कात्तिक ३०, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव पछि पनि आफै प्रधानमन्त्री बन्ने दावी गरेका छन् । धनगढीमा नेपाल पे्रस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले आफु सात पटकसम्म देशको प्रधानमन्त्री बन्ने योग रहेको बताए । चौथो पटक प्रधानमन्त्री भएका देउवाले अझै तीन पटक नेपालको प्रधानमन्त्री हुने दावि गरेका हुन् ।
एमाले अध्यक्ष केपी ओलीले शेरबहादुर देउवा कांग्रेसबाट अन्तिम प्रधानमन्त्री भएको कुरा बताइरहँदा चौथो पटक प्रधानमन्त्री रहेका देउवाले आफूलाई ज्योतीषीले सात पटक सम्म नेपालको प्रधानमन्त्री हुन्छस् भनेकाले अझै तीन पटक आफु नै प्रधानमन्त्री हुने बताए ।
कार्यक्रममा बोल्दै देउवाले सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने हैसियत अरु पार्टीका नेताको नभएकाले कांग्रेसलाई जिताउन धनगढीका मतदातालाई आग्रह समेत गरे ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित