हिजो गर्ने भनिएको प्रदेशसभा समानुपातिकको फैसला आज हुने

काठमाडौं, पुस ७ । समानुपातिकतर्फबाट पाएको मतको आधारमा राजनीतिक दलले प्रदेशसभामा पाउने सिट संख्या आज (शुक्रबार) घोषणा हुने भएको छ ।

निर्वाचन आयोगले बिहीबार साँझसम्म सिट संख्या गर्ने तयारी गर्दागर्दै नसकिएपछि आज सार्वजनिक गर्न लागेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले सातै प्रदेशबाटराजनीतिक दलले प्राप्त गरेका सिट संख्यालाई आयोगस्थित समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले बिहीबार अबेरसम्म मतपरिणामलाई पुन परीक्षण गर्ने कार्य गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *