‘बैंस आको छोरीलाई जोगाउनै गाह्रो’ (भिडियोसहित)

पुस ६, भरतपुर । लोकगायक नवीन पौडेलले ‘बैंस आको छोरीलाई जोगाउनै गाह्रो’ बोलको गीत बजारमा ल्याएका छन् ।
समाजमा देखिएको विकृति विसंगतिप्रति दह्रो झापड हान्ने गायक पौडेलले यसपटक नयाँ व्यंग्यात्मक शैलीको गीत बजारमा ल्याएका हुन् । आफूले भर्खरै बजारमा ल्याएको गीतमा नारी अधिकारलाई पुरुषले प्राथमिकता नदिएको भाव झल्केको उनी बताउँछन् ।

‘एउटा यस्तो बाबु हुन्छ, जसले छोरालाई हरेक कुरामा छुट दिन्छ । तर छोरीलाई घरबाट फुस्कन दिँदैन । पढ्न गएकी छोरी कति बेला आउँछे भनेर छोरीको बाटो हेरेर बस्छ’ गायक पौडेलले भने, ‘त्यो बाबु छोरालाई केही मतलब गर्दैन, हरेक कुरामा छुट दिन्छ । छोरीलाई बैंस आयो जोगाउनै गाह्रो भयो भनेर गाली गर्छ । यस्तैयस्तै भाव बोकेको गीत मैले बजारमा ल्याएको हुँ ।’ उनले छोराको तुलनामा छोरीलाई अधिकार नदिइएको भाव बोकेको गीतले समाजमा परिवर्तन ल्याउने बताए ।

‘चार बजे स्कुलबाट घरमा आइनन् भनी
बस्नुपर्छ बाउआमाले औँला गनी गनी
जोगाउनै गाह्रो फुलेको तोरीलाई
हुर्किएकी छोरीलाई जोगाउनै गाह्रो ।’

पाल्पाका गायक पौडेलले पछिल्लो समय नारीवादी गीत बजारमा ल्याएका हुन् । यसअघि उनका गीतहरु देशप्रेमी थिए । राष्ट्रभक्ति थिए । उनले यसपटक नयाँ शैलीको गीत बजारमा ल्याएको बताए । प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य, अन्तराष्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपालका पुर्व केन्द्रीय सदस्यसमेत रहेका पौडेलले ‘बैंस आको छोरी’ नामको गीत युटुवमार्फत सार्वजनिक गरेका हुन् ।

यो गीतमा नवीन पौडेलको लय शब्द रहेको छ । रक्षा म्यूजिकले बजारमा ल्याएको यो गीतमा चर्चित गायिका पूर्णकला बिसीले पनि श्वर रहेको छ । गीतको म्यूजिक भिडियोमा चर्चित हास्यकलाकार शिवहरि पौडेल (मुखमा हानुँ जस्तो) सहित टिका जैसी, रेखा थापा र भुमिका शाहले अभिनय गरेका छन् ।

युट्युवमा दर्शकले यस गीतलाई अत्यन्त मन पराइएको छ । नेपाल समाजमा देखिएका यथार्थतालाई गीतमार्फत् सबैका सामु ल्याउनु गायक पौडेलको विशेषता हो ।

‘समाजको भावनासँग डुबेर मैले गीत गाउँछु’ पौडेलले भने, ‘यसपटकको गीत पनि यस्तै छ ।’ उनले यसअघि नै ‘जान्न म त त्यो घर’ ‘साथीभाइको बिहे भयो, भाइको भयो छोरो’ ‘युवा पलायन भैदिए भने देश धान्ने कल्ले हो’ ‘यही वर्षभित्रमा नयाँ पार्टी खोल्छु’लगायतका दर्जनौं गीत बजारमा ल्याएका छन् ।

https://www.youtube.com/watch?v=91ZrKJkG-xU

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *