राेनाल्डाेलार्इ मेस्सीसँग किन उठ्छ यति रिस ? उडाए मेस्सीको मजाक (भिडियाे सहित)

एजेन्सी । रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको मजाक उडाएका छन् ।

५ पटक वालाेन डिअाेर विजेताले स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति डिप्रोटिभो डी ला कोरुनासँगको खेलका लागि मैदान छिर्ने बेला बर्नाबेउको टनेलमा योङ मस्कट (मैदान छिर्दा खेलाडीको हात समातेर आउने बालबालिका) सँग मेस्सीको मजाक उडाएका हुन् ।

रोनाल्डोले मैदान छिर्ने तयारी भइरहेका बेला मस्कटले रोनाल्डोसँग कुरा गरे । उनले भने ‘मेरा लागि, तपाईं विश्वको उत्कृष्ट खेलाडी हो र मेस्सी…’ रोनाल्डोले उनलाई रोकेर वाक्य पूरा गरे ‘खराब’ । अर्थात ‘मेस्सी खराब हुन् ।’ उनकाे याे  भनार्इ अहिले खेल जगत भार्इरल भएकाे छ ।

यो भिडियो अहिले सार्वजनिक भएको छ । रियल मड्रिडका अरु खेलाडीले रोनाल्डो र मस्कटबिचको कुराकानी रमाइलो मानेर हेरेको भिडियोमा देखिन्छ ।

https://www.youtube.com/watch?v=k2wEJy60IRQ

रोनाल्डो र मेस्सीलाई एक अर्काका प्रतिस्पर्धीको रुपमा लिने गरिएको छ । यो सिजन मेस्सीले ला लिगामा राम्रो प्रदर्शन गरिरहेका छन् । तर रोनाल्डाे मेस्सीका अगाडी स्काेरिङका साथै खेलमा पनि कमजोर छन् । उनले आइतबार रातिको खेलमा दुई गोल गरेका छन् । उक्त खेलमा रियल डिप्राेटिभाेसँग ७–१ ले विजयी भएकाे थियाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =