गौचन हत्यामा संलग्न पाँच जना सार्वजनिक

कार्तिक २८, काठमाडाैं । निमार्ण व्यवसायी महासङ्घका अध्यक्ष शरद गौचनको हत्यामा संलग्नलाई मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाे छ ।

प्रहरीले पक्राउ गरेकामा नुवाकोटका राजिव स्याङ्तान, सविजी महतो, मुकेशकुमार पाण्डे, सन्तोष गुरुङ र प्रकाश वुढाथोकी रहेका छन् । गत असाेज २३ मा बानेश्वरको खरिबोटमा दिउँसै गौचनको गोली हानी हत्या गरिएको थियो ।

शान्तिनगरस्थित आफ्नो निवासबाट महासङ्घ कार्यालय आउने क्रममा उनलाई गोली हानिएको थियो । गोली चलाउने समूहले पहिले चालकको अगाडि तर्फको सिसामा ढुङ्गा प्रहार गरेको थिए । लगत्तै, गाडी रोकिएपछि दुई राउण्ड गोली प्रहार भएको थियो । गाडीको सिसा छेडेर गौचनको पेटमा गोली लागेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *