सरकार गठन प्रतिनिधि सभाको विजनेस : केपी ओली

पुस ६, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संवैधानिक जटिलता नरहेको स्पष्ट पारका छन् ।सरकारको नेतृत्व लिने तयारीमा रहेका अध्यक्ष ओलीले नयाँ सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढ्ने पनि स्पष्ट पारे ।

उनले समानुपातिकतर्फको निर्वाचनको परिणाम सार्वजनिक हुनेवित्तिकै राष्ट्रपतिले सरकार गठन प्रक्रिया अघि बढाउने संवैधानिक व्यवस्थाबारे पनि स्मरण गराए । विहिबार आफूलाई बधाई दिन बालकोटस्थित निवास पुगेकाहरुसँग उनले सरकार गठन गर्ने प्रतिनिधिसभाको विजनेस भएकाले त्यसमा पनि द्धुविधा पाल्न नहुने दोहोर्याए ।

ओलीले सरकार गठन प्रक्रिया आफ्नै गतिमा अघि बढने विश्वास पनि व्यक्त गरे । उनले सरकारका गतिविधि र अभिव्यक्तिले भने मुलुकमा भ्रम सृजना गर्न खोजिरहेको भन्दै पुनः आपत्ति जनाए ।

अध्यक्ष ओलीले माओवादी केन्द्रसँगको पार्टी एकतामा ढिलाई नहुने पनि स्पष्ट पारे । उनले सरकार गठन प्रक्रिया आफ्नै ढंगले अघि बढने र माओवादी केन्द्रसँगको पार्टी एकतामा विलम्ब नहुने उल्लेख गरे ।

ओलीले सरकार गठन प्रक्रियामा काँग्रेसले भाँजो नहालेको र हाल्न खोज्ने अवस्था नरहेको पनि बताए । उनले निर्वाचन सम्पन्न गराउन संचारमाध्यामले खेलेको भूमिकाको खुलेर प्रशंशा समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *