गाडीको ठक्करबाट मागी खाने युवकको मृत्यु

२०७४ जेठ १५ गते

“
पुस ६, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ मा सवारीसाधनको ठक्करबाट बुधबार एक पुरुषको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको गाडी नम्बरसमेत नखुलेको सवारीसाधनको ठक्करबाट मागी खाई हिँड्ने एक पुरुषको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।
मृत्यु भएको अन्दाजी २६ वर्षीय पुरुषको नाम, थर, वतन हाल सम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित