‘एल क्लासिको’ले निर्धारण गर्ला त मेस्सी र राेनाल्डाे मध्ये काे सर्वाेत्कृष्ठ ?

एजेन्सी । विश्व फुटवलमा अर्जेन्टिनी स्टार लियोनल मेस्सी र पोर्चुगल स्टार क्रिस्टीयानो रोनाल्डो विचको सवोृत्कृष्ट भन्ने कुरामा अघोषित प्रतिष्पर्धाले रहँदै आएको छ । स्पेनिश ला लिगामा वर्षको अन्तिम खेल खेल्दै गरेका रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुनेमा कुनै शंका छैन । तर यो खेलमा व्यक्तिगत रुपमा फुटबल जगतका दुई सुपरस्टारबीचको प्रतिस्पर्धाले बढि चर्चा बटुल्ने गरेको छ ।

रियलका पोर्चुगेली खेलाडी क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीबीच तुलना निरन्तर गरिन्छ । दुइ मध्ये सबभन्दा राम्रो को हुन् भन्ने विवादको उचित उत्तर छैन तर डिसेम्बर २३ मा हुने एल क्लासिकोमा यी दुई खेलाडीबीच एक उत्कृष्ट भने निस्कने सम्भावना छ , विजेता सन् २०१७ को सर्वोकृष्ट गोलकर्ताको रुपमा ।

२०१७ लाई अहिलेसम्म फर्केर हेर्ने हो भने शीर्ष लिगहरुमा ५ खेलाडी वर्षको सबै भन्दा धेरै गोल गर्ने खेलाडीको दौडमा कायम छन् । त्यसमध्ये हाल मेस्सी र रोनाल्डोले २०१७ मा समान ५३ गोल गरेका छन् । त्यस्तै बायर्न म्युनिखका रोबर्ट लेवानड्वोस्की पनि ५३ गोल गरेका छन् भने पिएसजीका इन्डिन्सन काभानीका नाममा ५२ गोल छ । यी सबै खेलाडीले १ खेल खेल्न बाँकी छ । त्यस्तै २०१७ मा स्ट्राइकर ह्यारी केनको नाममा पनि ५० गोल छ ।

रोनाल्डोले ला लिगामा १९ गोल गरेका छन् भने मेस्सीको आंकडा उनको भन्दा धेरै छ । मेस्सीले २०१७ मा ला लिगामा ३९ गोल गरेका छन् । तर रोनाल्डोले च्याम्पियन लिगमा १९ गोल गर्दा मेस्सीले जम्मा ४ गोल मात्र गरेका छन् । त्यस्तै २०१७ मा रोनाल्डोले पोर्चुगलका लागि ११ गोल गर्दा मेस्सीले अर्जेन्टिनालाई ४ गोल मात्र गर्न सफल भएका छन् । त्यसैले अहिले सम्म मेस्सी र रोनाल्डोको २०१७ मा बराबर गोल छ ।

एल क्लासिकोमा गोल गर्दै एक अर्का लाई उछिन्ने अवसरसंगै सर्वोकृष्ट बन्ने सम्भावना पनि छ । त्यस्तै लेवानड्वोस्की, काभानी र केनलाई पनि २०१७ मा शीर्षस्थानमा रहने अवसर छ । बायर्नले वर्षको अन्तिम खेलमा डर्टमाउन्डको सामना गर्दै छ भने पिएसजीले काएनको । त्यस्तै केनको टोटेनह्यामले बन्र्ली र साउथह्याम्प्टनसँग खेल्नेछ । यी सबै खेलहरू मध्ये अाउँदाे शनिबार राती हुने ला लिगा फुटवल प्रेमीहरूका लागि प्रतिक्षाकाे विषय भएकाे छ ।

नेपालमा फुटवल खेलकाे क्रेज अत्याधिक छ । त्यसमाथि बार्सिलाेना सुपरस्टार मेस्सीका प्रशंषकहरू अत्याधिक रहेका छन् । सामाजिक सञ्जालमा बार्सिलाेना फ्यान्स नेपाल, अार्इलभ मेस्सी, जस्ता फेसवुक ग्रुप पेज बनाएर बार्सिलाेना र मेस्सीकाे गेम टेलिभिजनमै भएपनि हेरेर सपाेर्ट गर्नेहरूकाे संख्या दिनप्रतिदिन बढ्दाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *