प्रधानमन्त्री देउवा चुनाव प्रचारमा ब्यस्त, एकै दिन तीन जिल्लाका चुनावी सभालाई सम्बोधन गर्ने

कात्तिक २५, ताप्लेजुङ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको चुनावी सभाहरुमा ब्यस्त हुन थालेका छन् । देउवाले आज पूर्वी नेपालका तीन जिल्लाका चुनावी सभालाई सम्बोन गर्दैछन् ।

हेलिकोप्टरमार्फत शनिबार बिहान १० बजे ताप्लेजुङ जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले चुनावी सभालाई सम्बोधन गर्नुअघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम छ ।

देउवाले ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडाको चुनावी सभा, पाँचथरको सभा तथा र सोलुखुम्बुको चुनावी सभालाई समेत सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

प्रधानमन्त्री देउवा चुनावी सभालाई सम्बोधन गर्न पूर्व पुगेपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । ताप्लेजुङका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले सुरक्षा व्यवस्था बलियो पारिएको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *