मृगलाई ताकेको गोली महिलालाई लाग्दा….

पुस ५, काठमाडौं । काठमाडौँको टोखास्थित झोरको जंगलमा मृग भनेर गोली ताक्दा एक महिला घाइते भएकी छन् ।

आज दिउँसो स्थानीय चासेडाँडाका चारजना युवा शिकार खेल्न झोरको जंगलमा जाँदा मृग भनेर गोली ताक्दा झोरकी ३५ वर्षीया दुर्गा दुलाल घाइते भएकी हुन् ।

महानगरीय प्रहरी परिसरका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक रवीन्द्र धानुकले महिलालाई घाँस काट्न गएको बेला गोली प्रहार भएको जानकारी दिए । गोली प्रहार गर्ने युवालाई प्रहरीले नियन्त्रणमा लिइसकिएको उनले बताए ।

घाइते दुलालको उपचारका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल टोखामा लगिएको र घाइतेको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *