आज बुधबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, पुस ५ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्तको सहयोग प्राप्त हुनेछ । कार्यमा सफलता पाइएला । वस्त्र लाभ हुनेछ । मनमा शान्ति छाउनेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मनोरञ्जनमा सहभागी भइएला । नयाँ कार्यको योजना बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जोश,जाँंगर र हिम्मत बढ्नेछ । अरुको मन जित्न सकिनेछ । उपहार पाइने सम्भावनाछ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बित्तिय संस्था बाट सहयोग पाईनेछ । लाभदायक यात्रा होला । शुभ समाचार सुन्न पाइएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) चुनौतीको सामना गर्नुपर्ला । मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । कष्टकर यात्रा गर्नुपर्ला ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । स्वादिष्ट भोजन पाईनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) ठुला व्यक्तिले तपाइको मेहनतको प्रसंसा गर्नेछन् । आकस्मिक धन लाभ हुनेछ । मिष्ठान्न भोजन प्राप्त हुनेछ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) यात्रामा सावधानी अपनाउनु पर्नेछ । पारिवारिक उल्झनमा परि आँटेको काम विग्रनेछ । आर्थिक सङ्कटमा परिएला ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ । सामान हराउने वा नष्ट हुन सक्नेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शिक्षामा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) राजनैतिक कार्यमा बाधा आउनेछ । प्रेममा विवाद आउला । आर्थिक कारोवारमा मन्दी आउनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *