बंगलादेशमा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु

काठमाडौ, पुस ४ । बंगलादेशमा एकजना राजनीतिक नेताको शोकमा आयोजना गरिएको प्रार्थना समारोहमा भागदौड मच्चिँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

बंगलादेशी प्रधानमन्त्री सेख हसिनाको सत्तारुढ दल अवामी लिग पार्टीका नेता एविएम मोहिउद्धिन चौधरीको निधनमा आयोजना गरिएको शोधसभामा भागदौड मच्चिँदा यति ठूलो मानवीय क्षति हुन पुगेको हो ।

बंगलादेशको दक्षिण दक्षिणपश्चिमी क्षेत्रमा पर्ने चिट्टागोङ सहरमा भएको घटनामा झण्डै ४० जना घाइते भएको बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् । भागदौडमा घाइते भएकामध्ये १० जनाको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने अनुमान गरिएको छ ।

चिट्टागोङ महानगर प्रहरीका प्रमुख इक्वाल बाहारले घटनामा परी दश जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

भीडमा अक्सिजनको कमी भै श्वासप्रश्वासमा समस्या हुँदा मृत्यु भएको बताइएको छ ।

दिवंगत चौधरी चिट्टागोङका मेयर समेत भइसकेका व्यक्ति हुन् । उनको यही डिसेम्बर १५ का दिन निधन भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *