मधेसी नेतालाई जनताको सुझावः राजनीतिक विभेद चिर्दै समृद्धितर्फ लाग्नुपर्छ

काठमाडौ, पुस ४ । सप्तरी तिलाठी ७० बर्षीय योगेन्द्र झा भुमिगतकालदेखि नै नेपाली कांग्रेससंसग आवद्ध रहेका छन् ।  पञ्चायतविरोधी आन्दोलनका कारण जेलसमेत परेका झा कांग्रेसले विकासको नाममा तराइ मधेसलार्ई सधैँ झुटो आश्वासनमात्रै बाँड्ने गरेको निष्कर्ष निकाली २०६२, ६३ को राजनीतिक परिवर्तनपछि मधेसवादी विचारधारातर्फ आकर्षित भए ।

यधपि नेताको सत्तास्वार्थ र पदलोलुप रबैयाले मधेसवादी दलसंग पनि उनी सन्तुष्टि देखिँदैनन् ।  राजनीतिक अधिकार पहिचान, प्रतिनिधिध्वलगायतका नामममा मधेसवादी दलले समेत तराई मधेसलाई विकास र समृद्धिको बाटोमा लान नसकेको उनको बुझाई छ ।

अवको राजनीतिक केन्द्रविन्दु भनेको विकासलाई प्राथमिकता हो, विकास गर्नुस्, मधेस समृद्ध हुन्छ, मधेस समृद्ध भयो भने सिंगो मधेस तपाईकै अजेन्डा र सिद्धान्तलाई स्विकार्छ ।  मधेस विकसित भए राजनीतिक अधिकारको आन्दोलन आफै सफल हुन्छ ।, यो खबर आजको नागरिकमा छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *