भ्रष्टाचार मुद्दाका अभियुक्त पक्राउ

मेलम्ची, १२ भदौ । भ्रष्टाचार मुद्दामा छ वर्षअघिदेखि फरार एक अभियुक्तलाई आइतबार प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत चौतारामा बुझाएको छ ।

सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–२ कुन्चोक बस्ने २९ वर्षीय शिव गिरीलाई इप्रका मेलम्चीबाट खटिएको टोलीले ज्यामिरे जाने सडकबाट पक्राउ गरेको हो ।


वि सं २०६८ साउन २६ गतेको विशेष अदालतको फैसलाले गिरीलाई तीन महिना २४ दिन कैद सुनाएको थियो ।

साजय भुक्तान नगरी फरार रहेका विभिन्न मुद्दाका एक दर्जनभन्दा बढी अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत चौतारालाई बुझाइसकिएको इप्रका मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *