चिम्पान्जि तस्करीको आरोपमा चुडामणी शर्मा सहित १० विरुद्ध मुद्दा

पुस ३, काठमाडौँ । विमानस्थलबाट चिम्पान्जि तस्करीको आरोपमा एयरपोर्ट भन्सारका तीन कर्मचारीसहित प्रहरीले १० जनाविरुद्ध मुद्दा दायर गरेको छ । भन्सार अधिकृत आशुतोष राई तथा नायब सुब्बाद्धय चुणामणि शर्मा र लीला पनेरुलाई समेत प्रतिवादी बनाउँदै मुद्दा दायर भएको हो ।

उनीहरुमध्ये राई र शर्मालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

चिम्पान्जि तथा बाँदरहरु तस्करी भएको बेला उनीहरू जाँचपासमा संलग्न थिए । घुस खाएर उनीहरूले तस्करीमा सहयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । उनीहरूलाई एयरपोर्ट भन्सार कार्यालयले समेत निलम्बन गरिसकेको छ । भन्सारका तीन कर्मचारी, एक क्वारेन्टाइन कार्यालयका कर्मचारी र अन्य ६ जना तस्करीमा संलग्नहरुलाई मुद्दा दायर गरिएको सिआईबीका एसपी जीवन श्रेष्ठले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले विमानस्थलबाटै पास भएको दुई वटा चिम्पाञ्जि, आठ वटा बाँदर र एक सय १२ वटा चरासहित तस्करीमा संलग्न ६ जनालाई गत असोज ३१ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *