‘काँग्रेस जस्तो जिम्मेवार पार्टीले त्यत्तिकै सरकार छोड्न मिल्छ ?’

पुस ३, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदले पूर्णता नपाएसम्म कांग्रेसले सरकार नछोड्ने बताएका छन् । राष्ट्रियसभा गठन नभएसम्म संसद पूर्ण नहुने र संसद पूर्ण नभएसम्म काँग्रेसले सरकार छोड्न नमिल्ने पौडेलको दावी छ ।

मतदातालाई धन्यवाद दिन आयोजित कार्यक्रममा पौडेलले भने, ‘नेपाली कांग्रेसले हरेक संक्रमणकाललाई व्यवस्थीत गरेको छ । संविधान कानुन र प्रक्रिया बेगर जथाभाबी कांग्रेस जस्तो जिम्मेवार पार्टी मुलुकलाई अलपत्र छोडेर हिड्दैन ।’

उनले संसदले पूर्णता नपाएसम्म सरकार नछाड्ने दोहोर्‍याए । उनले कांग्रेसलाई आफू सच्चिएर अघि बढ्ने अवसर प्राप्त भएको बताए । अब कांग्रेसमा दुःख पाएकाले न्याय पाउने र क्षमता भएकाले अवसर पाउने सन्देश दिन जरुरी रहेको पौडेलले बताए ।

तनहुका विभिन्न गाउँमा धन्यवाद दिने क्रममा पौडेलसँगै प्रदेशसभाका उम्मेदवार कांग्रेस नेता गोविन्द भट्टराई, समानुपातिक उम्मेदवार पूर्णवहादुर गुरुङ, सरिता गुरुङ लगायत सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *