लोकतान्त्रिक पक्षधरलाई जिताउनु पर्नेमा तरुण दलको जोड

मङ्सिर ५, धरान । सुनसरी क्षेत्र नं. १ मा लोकतान्त्रिक गठबन्धनलाई जिताउन नेपाल तरुण दल सुनसरीले आग्रह गरेको छ । हिजो सोमबार सुनसरीकाे चतरामा आयोजित एक कार्यक्रममा बोल्दै दरुण दल सुनसरीका उपाध्यक्ष सन्तोष विकले प्रजातन्त्र, लोकतन्त्र र राष्ट्रियता जोगाउन तरुण दलले लोकतान्त्रिक पक्षधरलाई जिताउनु पर्ने बताए ।

क्षेत्र नं. १ का तरुणहरुको भेलामा उनीहरूलाई निर्देशन दिँदै सुनसरी क्षेत्र नं. १ मा काँग्रेस र लोकतान्त्रिक पक्षलाई हराउन बाम गठबन्धनले लडाकु दस्ता नै तयार गरेको सुन्नमा आएकोले निर्वाचनलाई स्वच्छ, निष्पक्ष बनाउन तथा बाम गठबन्धनलाई जिताउन लाग्न निर्देशन दिए । ‘अहिले बाम गठबन्धनले लोकतान्त्रिक पक्षधरलाई परास्त गर्नका लागि लडाकू दस्ता नै तयार गरेको भन्ने कुरा आएको छ, चुनावलाई प्रभावित पार्न र अराजक गतिविधि गर्न बनाइएको त्यस्ता दस्ताका गतिविधि नियाल्न तरुण दलले भूमिका खेल्न जरुरी छ ।’ उनले भेला भएका तरुणहरुलाई सम्बोधन गर्दै भने ।

विकले उम्मेद्वारको प्रचारप्रसार देखि सुरक्षा व्यवस्था र गाउँघरमा जनमत सृजना गर्नका लागि तरुणहरुले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने औंल्याए । कार्यक्रममा सुनसरी क्षेत्र न. १ का दर्जनौ तरुणहरुको सहभागिता रहेको थियो ।

सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि सङ्घीय समाजवादी पार्टीका अशोक राई र प्रदेश सभाका ‘ख’ क्षेत्रका लागि नेपाली कांग्रेसबाट बुद्धि कटुवालले उम्मेदवारी पाएका छन् । स्थानीय निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले पकड जमाएको छ । यस पटक काँग्रेसले लोकतान्त्रिक पार्टीहरुसँग गठबन्धन गरेर चार तारे झन्डा फरहराउने रणनीति बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *