इपिएल क्रिकेटको उद्धघाटन खेल आज

काठमाडौं, पुस ३ । नेपालको बहुप्रतिक्षित इपीएल टि—२० प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताको दोस्रो संस्करण आजबाट सुरु हुन लागेको हो । उद्धघाटन खेलमा काठमाण्डौ किंस इलाभेन र ललितपुर प्याट्रियट्सले आपसमा प्रतिस्पर्धा गर्दैछन् । दुवै टोली सुरुवाती जित निकाल्ने दाउमा रहेका छन् ।

श्रीलंकाका परवेज महारुफको कप्तानीमा काठमाण्डौ किंस इलाभेन मैदानमा उत्रदै छ भने ज्ञानेन्द्र मल्लको कप्तानीमा ललितपुर प्याट्रियट्स मैदानमा उत्रिने तयारी गरिरहेको छ । अहिलेकेहीबेरमा ललितपुर क्रिकेट मैदानमा यी दुई बिचको खेल हुनेछ । प्रतियोगितामा काठमाण्डौ किंस इलाभेन, ललितपुर प्याट्रियट्स, भैरहवा ग्याडियर्टस, बिराटनगर वायरियर्स, पोखरा राईनोज र चितवन टाइगर्स सहित ६ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *