‘कृ’ को ट्रेलर ट्रेन्डिङको नम्बर १ मा (ट्रेलरसहित)

काठमाडौं, पुस ३ । अस्ति शुक्रबार बेलुकी ६ बजे सार्वजनिक भएको चलचित्र ‘कृ’ को ट्रेलरले ट्रेन्डिङको नम्बर १ मा पर्न सफल भएको छ । चलचित्र ‘कृ’ ले यसअगाडि बनाएका धेरै चलचित्रहरुको रेकर्डलाई तोडिदिएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक भएको ६ घन्टामै ट्रेन्डिङको तेश्रो स्थानमा पर्न सफल भएको थियो । त्यसको केहि घन्टामै ट्रेलर नेपाल ट्रेन्डिङको दोश्रो स्थानमा उक्लन सफल भयो । अब, चलचित्रको ट्रेलर सार्वजनिक भएको  ४ दिनमै  नेपालमा युटुब ट्रेन्डिङको नम्बर १ स्थानमा उक्लिएको छ । कुनै पनि चलचित्रको ट्रेलर यसअगाडि सार्वजनिक भएको यति छोटो समयमा नै ट्रेन्डिङको पहिलो स्थानमा उक्लन सफल भएको थिएन ।

यस्तै, यसले आक्रामक भ्यूजको पनि रेकर्ड राखेको छ । ट्रेलर सार्वजनिक भएको २ घन्टामै १ लाख पटक हेरिएको पहिलो ट्रेलर नै ‘कृ’ को बनेको छ ।  नायक अनमोल केसीको क्रेज र लामो समयको प्रतिक्षाका कारण पनि युटुबमा चलचित्रको ट्रेलरले यो आक्रामक प्रतिक्रिया पाएको हो ।

युटुबमा १९ घन्टामै २७ हजार भन्दा बढी लाइक्स र ६ हजार भन्दा बढी कमेन्ट ‘कृ’ को ट्रेलरले प्राप्त गरेको छ । सुवास गिरी र भूवन केसी मिलेर निर्माण गरेको चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । अनमोल केसी, अदिती वुढाथोकी, अनुप विक्रम शाही, कामेश्वर चौरासिया, सरोज खनाल लगायतका कलाकारले चलचित्रमा अभिनय गरेका छन् ।

माघ २६ गतेबाट रिलिज हुने चलचित्रले बक्स अफिसमा यस्तै आक्रामक व्यापार गर्ने अड्कल काटिएको छ । अष्ट्रेलिया, जापान, कतारमा पनि चलचित्र ‘कृ’को ट्रेलर ट्रेन्डिङमा पर्न सफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *