माओवादी केन्द्रको बैठक आज बस्दै

काठमाडौं, पुस ३ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि भावी कार्यदिशा बारे छलफल गर्न माओवादी केन्द्रको बैठक बस्दैछ । मुलुकको राजनीतिक अवस्था, सरकार गठन, निर्वाचनमा प्राप्त मतपरिणाम लगायतका विषयमा छलफल गर्न नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय कार्यालयको बैठक बोलाएको हो ।

प्रवक्ता पम्फा भुसालका अनुसार बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ । नेकपा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा सहभागी भएपछिको अवस्था, पार्टी एकता र पार्टीको समग्र अवस्थाको विषयमा छलफल गर्ने कार्यसूची रहेकोछ । यस्तै नयाँ जनादेश प्राप्त भइसकेपछि पनि सरकारले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त नगरिरहेको सन्दर्भमा कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत बैठकमा छलफल हुनेछ ।

सरकार गठन, पार्टी एकता, प्रदेश सरकार तथा अन्य तत्कालीन राजनीतिक विषयमा समेत बैठक छलफल केन्द्रित हुने भूषाले जानकारी दिनुभयो । आजको बैठकबाट माओवादी केन्द्रले भावी कार्यदिशा र मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समान धारणा बनाउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *