सिउडीबारमा निस्किएको बाफबाट खतरा छैन : भुगर्भशास्त्री

लमजुङ, माघ २ । लमजुङको सिउडीबार बस्ती नजिकै जमिनबाट निस्किएको बाफबाट कुनै खतरा नभएकोले विचलित नहुन भूगर्भशास्त्रीले सुझाव दिएका छन् ।

जमिनबाट निस्किएको बाफ कुनै प्रकोपको लक्षण नभई सामान्य भएको उनीहरुको भनाइ छ । बिहान र बेलुका सुख्खा जमिनबाट अचानक तातो बाफ निस्किन थालेपछि स्थानीयवासी त्रसित भएका थिए । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना क्षेत्रअन्तर्गत जमीनबाट बाफ निस्केको समाचार आएपछि आयोजनाले नै भूगर्भशास्त्री ल्याएर परीक्षण गरेको थियो ।

परीक्षणपछि जमिनबाट निस्किएको बाफ सामान्य भएको भूगर्भशास्त्री अनिरुद्र पौडेलले बताए । उनले जमीनभित्र सामान्य तातो रहेको र बाहिरी सतहमा चिस्यानका कारण सामान्य बाफ निस्किएको बताए । जमिनबाट निस्किएको बाफ सामान्य भएको बताउँदै भूगर्भशास्त्री पौडेलले विचलित नहुन सर्वसाधारणलाई आग्रह गरे ।

विशेष गरी बिहान र बेलुकी धुवाँजस्तै तातो बाफको मात्रा बढी आउन थालेपछि स्थानीयवासीले आवश्यक परीक्षण र सुरक्षाका लागि वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *