एक साता लामो उपचारपछि डिस्चार्ज भए दिपेश

पुस २, काठमाडौं । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन एक साता लामो उपचारपछि अस्पत्तालबाट डिस्चार्ज भएका छन् । मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं फर्किने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा टाँउकोमा चोट लागि घाइेत भएका पुनको राजधानीको ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो ।

तीन दिन आइसियुमा राखेर उपचार गरे पश्चात उनलाई मंसिर २७ गते अस्पतालको आइसियुबाट बाहिर वार्डमा सारिएको थियो । उपचार सकिएपछि आज ९आइतबार० उनलाई डिस्चार्ज गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *