मोटरसाईकल मेघा एक्सचेन्ज मेला सुरु

पुस २, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आइतबारदेखि विभिन्न मोडलका मोटरसाईकल तथा स्कुटरहरुको मेघा एक्सचेन्ज मेला सुरु भएको छ ।

नेपाली बजारमा आफ्ना विभिन्न मोडलका मोटरसाईकल तथा स्कुटरहरु विक्री वितण गर्दै आएको टिभीएसले आफ्ना ग्राहकहरुलाई थप सुविधा, साथ र आवश्यकता पूर्ति गर्ने उद्देश्यले मेला आयोजना गरेको हो । जगदम्बा मोटर्स अन्तरगत आयोजित मेलामा सामान खरिद गर्दा कम्तीमा १० हजारदेखि १ लाखसम्म थप छुटको व्यवस्था गरिएको छ ।

ग्राहकहरुलाई सहजताका साथ मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्न मेला आयोजना गरिएको जगदम्बा मोटर्सका बजार प्रमुख विक्रम पाण्डेले जानकारी दिए ।

हाल नेपालमा विक्री हुँदै आएको अन्य २ पाङग्रे सवारी साधनहरु मध्ये टिभिएस कम्पनीसँग सबैभन्दा धेरै मोडलका बाईक तथा स्कुटरहरु रहेको बताइएको छ । मेलामा मोटरसाईकल तथा स्कुटर एक्सचेन्ज गर्नका लागि तुरुन्तै फाईनान्सको सुविधा समेत रहेको छ । ५ दिनसम्म चल्ने मेलामा ग्राहकहरुको मोटरसाईकल र स्कुटरको निःशल्क सर्भिसिङ गर्ने व्यवस्था पनि मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *