१६८ स्थानमा मतगणना सुरु

असार १५, नेपालगन्ज । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहमध्ये १६८ स्थानमा मतगणना सुरु भएको छ ।निर्वाचन आयोगका अनुसार प्रदेश नं. १ का १ सय ३७ स्थानीय तहमध्ये १ सय ८, प्रदेश नं. ५ का १ सय ९ स्थानीय तहमध्ये ३४ र प्रदेश नं. ७ का ८८ स्थानीय तहमध्ये २६ स्थानीय तहमा मतगणना भइरहेको छ । ३३४ स्थानीय तहमा बुधबार मतदान भएको थियो । निर्वाचनमा ७३.६९ प्रतिशत मत खसेको छ ।
आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) मा प्राप्त विवरण अनुसार, प्रदेश नं. १ मा ७२.४९ प्रतिशत, प्रदेश नं. ५ मा ७५.३४ प्रतिशत र प्रदेश नं. ७ मा ७३.०५ प्रतिशत मतदान भएको छ । यो समाचार तयारी पारी सक्दा सम्म प्रदेश नम्वर ५ को बाँकेको जानकी र डुडुवा गाउँपालिकामा मतगणना सुरु भएको  छ भने राप्ती सोनारीमा पनि मतगणना सुरु भएको छ । खजुरा गाउपालिका र कोहलपुर नगरपालिकामा भने मतगणना सुरु हुन सकेको छैन भने नेपालगन्ज उप महानगरपालिका अब करिब करिब मतगणना सुरु हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *