विरोधै, बिरोधका बिचपनि आउदैछ छ अर्को ‘पद्मावती’

काठमाडौं, पुस २ । सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावती’ सुरुवातबाटै विवादमा घेरिएको थियो । फिल्मको प्रदर्शन मिति घोषणा पछि फिल्मको विवाद झन चुलिएको थियो । विवादकै कारण फिल्मको रिलिज केही समयका लागि स्थगित गरिएको छ ।

यो फिल्मलाई लिएर भारतका राजस्थान, गुजरात लगायतका अन्य कयौं राज्यहरुमा विरोध गरिएको थियो । फिल्मको विरोधमा उत्रिएका विभिन्न समुहहरुले नायिका दीपिका पादुकोण र निर्माता निर्देश्क सञ्जय लीला भन्सालीको ज्यान मार्नेसम्मको धम्की दिएका थिए ।

यसरी छायांकनबाटै विवादमा घेरिएको ‘पद्मावती’ बारे ठोस् निर्णय नहुँदै यही विषयमा एक अर्को फिल्म बन्ने भएको भारतीय मिडियाहरुले जनाएका छन् । छ । मिडिया रिपोर्ट्सका अनुसार नयाँ फिल्मको नाम ‘मैं हूं पद्मावती’ रखिने छ । जसको कथा राजस्थानका एक राइटरले लेखेका छन् ।

फिल्मका निर्माता अशोक शेखरले नयाँ बन्ने फिल्मको बारेमा खबर पुष्टि गर्दैै ‘मैं हूं पद्मावती’ मा नयाँ अनुहारलाई समेटिने बताएका छन् । यो फिल्मलाई हिन्दी र राजस्थानी भाषामा रिलिज गरिने बताइएको छ । दीपिका पादुकोण, शाहिद कपूर र रणवीर सिँहको फिल्म ‘पद्मावती’ लाई राजपूत संगठनहरु र राजनैतिक पार्टीहरुको विरोधको सामना परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *