पहिरोका कारण अवरुद्ध दुई वटा सडक सुचारु

२०७४ जेठ १५ गते

नुवाकोट, साउन १७ । पहिरोका कारण अवरुद्ध भएको नुवाकोटका दुई वटा सडक आजदेखि सञ्चालनमा आएका छन् । गत आइतवार रातिदेखि नुवाकोट र रसुवाबाट काठमाडौं जोड्ने दुई वटा नाका अवरुद्ध भएपछि यात्रुहरु समस्यामा परेका थिए ।
पहिरोका कारण अवरुद्ध भएको त्रिशूली–ककनी– काठमाडौं सडक र र छहरे टोखा सडक आज विहानबाट सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
छहरे टोखा सडक खण्डको गुर्जेभञ्ज्याङमा पहिरोका कारण अवरुद्ध सडक डिभिजन सडक कार्यालयले स्काभेटरको प्रयोग गरी पहिरो हटाएको हो । पासाङल्हामु मार्गको ककनी गाउँपालिका निगालेमा गएको पहिरो सडक आयोजनाले पन्छाएको छ ।

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित