आज आईतबार, तपाईको राशिफल यस्तो छ

काठमाडौं, पस २ ।

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । कला र गलाको प्रभाव बढ्नेछ ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । घर व्यवहारको समस्याले सताउला । पैसा फस्न सक्नेछ ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । कार्यमा सफलता पाईनेछ । इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पैतृक सम्पत्तिमा विवाद बढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । उपलब्धि हातपार्न नसकिएला ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आकस्मिक धनलाभ होला । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मुद्दा मामिलामा सफलता पाईनेछ । नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मिक सन्तुस्टि मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वैदेशिक कार्य अघी बढ्नेछ । महिला वर्ग बाट सहयोग मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मनोरञ्जनमा सहभागीता भइएला । व्यापार,व्यवसायमा लाभ हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । कूतनीतिक नियोगको सहयोग मिल्ला । नयाँ अनुभव मिल्नेछ l

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नजिकको व्यक्ति बाट सहयोग मिल्नेछ । अरुको मन जित्न सकिनेछ । प्राविधिक कार्यमा सफलता मिल्नेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *